|

पोखरा : गण्डकी प्रदेशले लोकसेवा आयोग गठन गर्ने प्रक्रिया अघि बढाएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले लोकसेवा आयोग गठनको सम्बन्धमा लगेको प्रस्तावलाई बुधबार बसेको गण्डकी प्रदेशको मन्त्री परिषदको बैठकले स्वीकृती दिने निर्णय गएको हो। 

‘प्रदेश लोकसेवा आयोगको लागि कानुन तर्जुमाको लागि सैद्धान्तिक स्वीकृती दिइयो,’ बैठक पछि सरकारका प्रवत्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने, ‘यो चाहीँ नेपालको संविधानको धारा २४४ अनुरुप प्रत्येक प्रदेशले लोकसेवा आयोग गठन गर्न सक्ने भनेर उल्लेख भएअनुसार हामीले पनि प्रक्रिया अघि बढाएका हौँ ।’ यस आयोगले कर्मचारी भर्ना, छनोट तथा पदपूर्ती, बढुवा गर्न सक्ने लगायतका अधिकार पाउने बस्नेतले जानकारी दिए।

बुधबारको बैठकले प्रदेश तालिम प्रतिष्ठान सम्बन्धी कानुन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती पनि दिएको छ। तालिम प्रतिष्ठान सम्बन्धी प्रस्ताव पनि मुख्यमन्त्री तथा मन्त्रीपरिषदकै कार्यालयले लगेको थियो। उक्त प्रतिष्ठानले गण्डकी प्रदेश भित्र रहेका जनप्रतिनिधी तथा कर्मचारीहरुलाई विभिन्न विषयमा तालिम दिने, ज्ञानसिप प्रदान गर्ने बस्नेतको भनाई छ। गण्डकी प्रदेशले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेअनुसार उक्त विषयलाई अघि बढाएको उनले जानकारी दिए। 

योजना आयोगको सदस्य नियुक्त
गण्डकी सरकारले बुधबारको मन्त्रिपरिषदबाट यसअघि नीति तथा योजना आयोगको विज्ञ सदस्यको रुपमा रहेका विष्णु राज बराललाई योजना आयोगको सदस्यको रुपमा नियुक्त गरेको छ । बराले सहायक मन्त्री सरहको सेवा सुविधा पाउने सचिब लालमणि ओझाले जानकारी दिए । 

वनसम्बन्धी निति 
बुधबार नै उद्योग वन तथा वातावरण मन्त्रालयको दुई वटा नितिको मस्यौदा स्वीकृत गरिएको छ। वातावरण तथा जलवायु परिवर्तन निति २०७५ र वन तथा जलाधार ब्यवस्थापन निति २०७५  को मस्यौदा स्वीकृत गरी छलफलको लागि आर्थिक तथा सामाजिक विकास समितिमा छलफलको लागि पठाउने निर्णय भएको मन्त्री बस्नेतले जानकारी दिए। 

त्यस्तै उद्योग वन तथा वातावरण मन्त्रालयकै वन तथा वातावरण संरक्षण एवं ब्यवस्थापन कार्याक्रम कार्यान्वयन कार्यविधि २०७५ लाई सैद्धान्तिक स्वीकृत गरी प्रशासन तथा विधेयक समितिमा छलफलका लागि पठाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.