|

कालिकोटः  जिल्लाको तिलागुफा नगरपालिकाले घरघरमा नै गएर सामाजिक सुरक्षा भत्ता दिन थालेको छ। कार्यालयमा आएर सेवा लिन नसक्ने बृद्धबृद्धा, एकल महिला, अपांग र बालबालिकालाई घर घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता दिन थालिएको हो। 

सामाजिक सुरक्षा भत्ता घर घरमा नै पुगेर दिन थालिएको र यसलाई सबै लाभग्राहीलाई सहज भएको तिलागुफा नगरपालिका.४ का वडा अध्यक्ष खड्गराज शाहीले बताए। ‘सामाजिक सुरक्षा भत्ता हामीले घर घरमा गएर दिने व्यवस्था मिलाएका छौं’ उनले भने,‘यसले लाभग्राहीलाई सहज बनाएको छ।’

नगरपालिकाका भित्रका सबै वडामा बैंकको पहुँच नभएका कारणले घर घरमा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण थालिएको र बैंकको पहुँच हुनासाथ सबै सामाजिक सुरक्षा पाउनेलाई बैंकमार्फत भुत्तानी गर्ने पहल थालिएको वडा अध्यक्ष शाहीले बताए।

‘यो नगरपालिका सबै वडामा बैंकको पहुँच छैन’ उनले भने,‘बैंकको पहुँच भएमा सकै सामाजिक सुरक्षा पाउनेलाई बैंकमार्फत भुत्तानी गरिनेछ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.