|
फाइल तस्बिर

बाजुरा : जिल्लाको स्वामीकार्तिक गाउँपालिका-१ साप्पाटामा एक हप्तादेखि फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।

ज्वरोका कारण मृत्यु हुनेमा स्वामीकार्तिक गाउँपालिका १ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावल रहेका छन्। ज्वरोकै कारण मिमा बोहराको मंगलबार मृत्यु भएको हो भने  दलबहादुर रावलको बुधबार विहान मृत्यु जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

गाउँभरी नै अहिले भाइरल ज्वरोको सक्रमण बढेपछि भाइरल ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन भइसकेको जिल्ला अस्पताल बाजुराले जनाएको छ। गाउँका स्थानीयलाई अहिले भाइरल ज्वरोले सताएको छ।

जसका कारण स्थानीयको स्वास्थ्य चेकजाँच र औषधोपचार गर्नका लागि घण्टौ लामो दूरी पैदल यात्रा गरेर प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला अस्पताल बाजुराले जानकारी दिएको छ।

भाइरल ज्वरोका कारण स्वामीकार्तिक खापर गाउँपालिका-१ साप्पाटाको पुरै गाउँ प्रभावित बनेको छ। दुईजनाको ज्याननै जाने गरि फैलिएको भाइरल ज्वरोका कारण अहिले पूरै गाउँ आतंकित बनेको छ।

गाउँमा अत्याधिक चिसो बढेका कारण स्थानीयमा रुघाखोकी ज्वरो, टाउको दुख्नेलगायतका समस्या उत्पन्न हुन सक्ने भएकाले यसबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.