समाज

वीरगञ्ज बजार जोर बिजोर प्रणालीमा पुनः खुले

जेठ २७, २०७७

    पर्सा : सुरक्षा सतर्कता नपुगेको भन्दै खुलेको दुई दिन नबित्दै बन्द पर्साका पसलहरु सोमबारदेखि पुनः जोर बिजोर प्रणालीमा खुलेका छन्। 

    सुरक्षा सतर्कता अपनाएर मात्र जोर बिजोर प्रणालीमा पसल खोल्ने जिल्ला संकट व्यवस्थापन समितिको निर्णय उल्लंघन भएपछि दुई दिनमा नै पर्साका व्यापारिक फर्म बन्द भएका थिए। सोमबार वीरगन्ज उद्योग वाणिज्य संघले आगामी दिनमा यस्तो गल्ती नहुने प्रतिबद्धता जनाएपछि पुनः व्यापारिक फर्म खुलेका हुन्।

    जेठ २३ देखि जोर बिजोर मिलाएर खोल्ने भनी उद्योगी व्यापारीसहितको सहमतिमा पर्साका पसल खुलेका थिए । तर, व्यापारीले मास्क, ग्लोब र सेनिटाइजरको प्रयोग समेत नगरी व्यापार व्यवसाय सञ्चालन गरेपछि आइतबार बिहानबाटै बन्द गरिएको थियो।

    जिल्ला संकट व्यवस्थापन समितिले अनुगमन गर्दा व्यापारिक फर्म सञ्चालकले कोरोना संक्रमणबाट बच्ने र सेवाग्राहीलाई बचाउने आवश्यक सतर्कता नअपनाएपछि शनिबार साँझै नै अनिश्चित कालका लागि जोर बिजोर प्रणालीमा खोल्ने भनिएका व्यापारिक फर्म बन्द गर्ने निर्णय गरेको थियो।

    व्यापारिक फर्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न दिइएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तले बताइन्।

    जोर बिजोरको व्यवस्था

    जोर बिजोर प्रणाली अन्तर्गत जोर गतेमा खुल्ने पसलहरु रेडिमेड कपडा तथा थान कपडा पसल, कस्मेटिक, इलेक्ट्रोनिक्स, इलेक्ट्रिक आदि रहेका छन्। बिजोर गतेमा हार्डवेयर, साइकल, मोटरपार्टस्, अटोवर्क्स, भाँडावर्तन, सुनचाँदी, फर्निचरलगायतका पसलहरु खुल्ने निर्णयमा उल्लेख गरिएको छ।

    बैंक तथा वित्तीय संस्था नियमित खोल्ने भनिएको छ। खाद्यान्न, दुध, तरकारीलगायत अत्यावश्यकीय सामानका फर्महरु साविकमा झैं दैनिक बिहान ९ बजेसम्म खुल्ने जनाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]