समाज

युवतीसँगै नदीमा हामफालेका सैनिक जवानको शव भेटियो

चैत १०, २०७३

    चितवन : चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको शव ११ किलोमिटर तल नदी किनारमा फेला परेको छ। नेपाली सेना र प्रहरीको संयुक्त खोजतलास टोलीले ५ दिनपछि शव फेला पारेको हो। 

    शव बुधबार पश्चिम चितवनको काभ्रेघाटस्थित नारायणी किनारमा फेला परेको र अहिले भरतपुर अस्पतालमा राखिएको चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठले जानकारी दिए।

    गएको चैत ५ गते अपराह्न चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित देवघाटबाट भरतपुर- २२ की १८ वर्षीया सम्झना पौडेलसँगै सैनिक जवान सरोज पोख्ररेल नारायणी नदीमा हाम्फालेका थिए। प्रहरी टोलीले किशोरीलाई सकुशल उद्धार गरेपनि पोखरेल बेपत्ता भएका थिए।

    पश्चिम चितवनको पार्वतीपुर निवासी २२ वर्षीय पोखरेल नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौली चितवनमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]