समाज

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम रोकिएन, आज पनि सडक अवरुद्ध

फाइल फोटो
असार १३, २०७५

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो र तोपेखोलामा बुधबार फेरि पहिरो खसेर यातायात अवरुद्ध भएको छ। पहिरोका कारण बिहान ६ बजेदेखि यातायात अवरुद्ध भएको हो। 

    अहिले पनि चारकिलोमा माथिबाट ढुंगा खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। ठुलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने देखिएको चितवनका ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमले बताए।

    यसअघि मंगलबार पनि पहिरोका कारण साढे १० घण्टा सडक अवरुद्ध भएको थियो। सोमबार पनि पटकपटक पहिरो खसेर यातायात प्रभावित भएको थियो। मंगलबार पहिरो पन्छाएर गाडी चलाइएपछि राति ट्रक बिग्रिएर सडक एकतर्फी भएर गाडी जाम कायमै रहेका बेला बुधबार पुनः पहिरो खसेको हो ।

    दैनिकजसो नै पहिरो खस्न थालेपछि सो क्षेत्र जोखिमपूर्ण बन्दै गएको छ। प्रहरीले बैकल्पिक सडक प्रयोग गर्ने सवारी चालकहरुलाई अनुरोध गर्दै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]