समाज

इनार सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु

साउन २६, २०७५

    काठमाडौँ : इनार सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका -४ महाराजगञ्ज चुनदेवीमा नवराज अधिकारीको घरमा रहेको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो चुनदेवीका ३२ वर्षीय नरेश महर्जन र बैतडीका ३५ वर्षीय प्रेम लामाको मृत्यु भएको हो। 

    महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायव उपरीक्षक भेषराज रिजालले इनार सफा गर्ने क्रममा महर्जनको घटनास्थल र लामाको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए। 

    रिजालका अनुसार लामा पहिला इनारभित्र छिरेको र इनारभित्र अक्सिजन नभएर आत्तिएपछि महर्जनले उनलाई उद्धार गर्न जाँदा उनको समेत मृत्यु भएको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]