समाज

हिमाल आरोही महिला पत्रकार बस्नेत सम्मानित

साउन २७, २०७५

    सुनसरी : हिमाल आरोही महिला पत्रकार रोशा बस्नेत प्रदेश-१ सरकारबाट सम्मानित भएकी छन्। अाइतबार महिला पत्रकार बस्नेतलाई प्रदेश-१ का सभामुख प्रदीपकुमार भण्डारीले सम्मान गरेका हुन्।

    मोरङको सुन्दरहरैचा नगरपालिका १० स्थित विराटचोककी बासिन्दा प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ की एकसदस्य बस्नेतलाई सभामुख भण्डारीको आफ्नै निवास धरान-१३ मा सम्मान गरिएकाे हाे। सभामुख भण्डारीले नेपाली महिला पत्रकारले देशसँगै प्रदेश-१ को नाम उच्च बनाएको भन्दै उनीहरूको प्रशंसा समेत गरे। प्रदेश-१ को गौरवको रुपमा रहेका सर्वोच्च शिखर सगरमाथाको आरोणले प्रदेश-१ का महिला पत्रकारहरूले प्रदेश-१ लाई विश्वमा चिनाएको पनि भण्डारीले बताए। बस्नेतलार्ई सभामुख भण्डारीले प्रदेश-१ को पर्यटन प्रवर्द्धनसँगै यसको प्रचार-प्रचार गर्न सहयोग गर्न आग्रह समेत गरेका थिए।

    सम्मानित भएपछि बस्नेतले आफू प्रदेश-१ को स्थायी वासिन्दा भएको कारण यस क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै महिला सशक्तीकरण र युवा जागरणको क्षेत्रमा समेत कार्य इच्छा व्यत्त गरिन्। राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यालयमा अंग्रेजी समाचार सम्पादकको रुपमा काम गर्ने बस्नेत सुन्दरहरैचा हुन्। सगरमाथा आरोहण गर्ने महिला पत्रकारको टोली सदस्यमा प्रदेश-१ बाट रोशा बस्नेत र देउराली चम्लिङ रहेका थिए। बस्नेत सहितको महिला पत्रकारहरूको समूहले जेठ ९ गते सर्बोच्च शिखर सगरमाथाको आरोहण गरेको थियो।

     पत्रकार महासंघको ब्यानरमा गएका महिला पत्रकारहरूले समानताको लागि बुलन्द आवाज भन्ने मुल नाराका साथ हिमाल आरोहण गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]