काठमाडौं : भक्तपुरमा आफ्नै घरको छतबाट लडेर एक जनाको ज्यान गएको छ। बिहीबार सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा रात...
चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिका ९ स्थित पारिजात चोकमा बसको ठक्करबाट आइतबार एक जनाको मृत्यु भएको छ।
हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख ६२४ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ना २० प ४२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। दुर्घटनामा परी खैरहनी नगरपालिका ३ का ४५ वर्षीय हिरालाल कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनी मोटरसाइकल चालक हुन्।
आइतबार दिउँसो २:४५ बजेको समयमा भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका कँडेलको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ। उनको शव भरतपुर अस्पतालमा राखिएको छ भने ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।