फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ सम्ममा ६ जनाको मृत्युसहित गर्मीसम्बन्धी रोगका कम्तिमा ३४ वटा घटनाबारे जानक...
फिलिपिन्समा शक्तिशाली आँधीमा परी ५९ जनाको ज्यान गएको छ।
फिलिपिन्समा विध्वंस मच्चाएको म्याङ्खुट आँधी हङकङ हुँदै चीन पुगेको छ। आँधीले चीनको सबैभन्दा धेरै जनसंख्या भएको ग्वाङडुङ प्रान्तमा बढी प्रभाव पारेको छ।
प्रतिघण्टा १६२ किलोमिटरको गतिमा चलेको आँधीले त्यहाँको जनजीवनलाई अस्तव्यस्त बनाएको छ। आँधी जेङमेन शहर नजिकै चिनियाँ तटबाट प्रवेश गरेको सञ्चारमाध्यमले जनाएका छन्। आँधी प्रवेश गरेपछि ग्वाङडुङबाट हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
आँधीसँगै भारी वर्षासमेत भएको छ। म्याङ्खुट आँधीलाई सन् २०१८ कै शक्तिशाली मानिएको छ। आँधीले हङकङलाई समेत तहसनहस पारेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।