खेलकुद

बंगलादेशका क्रिकेट कप्तान मोर्तजा सांसदमा निर्वाचित

पुस १६, २०७५

    बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीका कप्तान मशरफे मोर्तजा संसदीय निर्वाचनमा भारी मतले विजयी भएका छन्। प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिग दुई तिहाइ बहुमतका साथ निर्वाचन जितिरहेका बेला उनले पनि सोही पार्टीबाट संसदको निर्वाचन जितेका हुन्। 

    मोर्तजाले प्रतिद्वन्दीलाई २ लाख ६६ हजार भन्दा बढी मतअन्तरले पराजित गरे। आइतबार सम्पन्न बंगलादेशको संसदीय निर्वाचनमा मोर्तजाले कुल २ लाख ७४ हजार ४ सय १८ मत प्राप्त गर्दा विपक्षी उम्मेद्वार जतिया ओकयाले जम्मा ८ हजार ६ मत मात्रै ल्याए।

    चुनाव जितेसँगै सांसद बन्ने मोर्तजा बंगालेदशको दोस्रो क्रिकेट कप्तान हुन्। यसअघि पूर्व क्रिकेट कप्तान नैमुर रहमान पनि सांसद बनेका थिए।
    मोर्ताजाको पार्टी अवामी लिगले आइतबार सम्पन्न निर्वाचनमा ३ सय ५० संसदीय क्षेत्रमध्ये २ सय ८१ मा जित निकालेको छ। योसँगै प्रधानमन्त्री हसिनाले अर्को कार्यकाल पनि सुरक्षित  गरेकी छिन्। तर, मुख्य विपक्षी दल बंगलादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गरेको छ।

    उसले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको मागसमेत गरेको बिबिसीले जनाएको छ। बीएनपीका प्रवक्ताले २ सय २१ संसदीय निर्वाचन क्षेत्रमा धाँधली भएको आरोप लगाए। मतदान सुरु हुनुभन्दा पहिले नै विपक्षी गठबन्धनका झण्डै ४७ उम्मेदवारले निर्वाचनमा गडबडी हुन लागेको भन्दै बुथ बहिष्कार गरेका थिए।

    निर्वाचनको सुरक्षाका लागि झण्डै ६ लाख सुरक्षाकर्मी खटाईए पनि हिंसात्मक घटनामा १७ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]