विश्व

भेनेजुयलामाथि प्रतिबन्धले तेलको मूल्यमा वृद्धि

माघ २१, २०७५

    तेलको मूल्यमा गत साता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप आर्थिक प्रतिबन्धको घोषणाको प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा पनि परेको छ। 

    ‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई)’ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताएपछि यसको प्रभाव गत सातादेखि नै अमेरिकालगायत भेनेजुयलाबाट पेट्रोलियम पदार्थको आयात गर्ने मुलुकमा परेको छ। 

    गत जनवरी २५ सम्म तेलको मूल्यमा सामान्य कमी देखिएको थियो। अघिल्लो साता तेलको कच्चा पदार्थ, डब्लुटिआई मा ०.२ प्रतिशत र ब्रेन्टमा १.७ प्रतिशतको कमी आएको थियो। अघिल्लो साताको अन्त्यमा डब्लुटिआईको मूल्य प्रतिब्यारेल ५३.६९ अमेरिकी डलर र ब्रेन्टको मूल्य प्रतिव्यारेल ६१.६४ अमेरिकी डलर कायम भएको थियो। 

    तर गत हप्ताको सोमबार डब्लुटिआईमा १.७० अमेरिकी डलर कमी आई प्रतिब्यारेल ५१.९९ अमेरिकी डलर र ब्रेन्टमा प्रतिब्यारेल १.७१ अमेरिकी डलरको कमी आई ५९.९३ प्रतिशत कायम भएको थियो। 

    तर मंगलबार राष्ट्रपति मदुरोलाई दवाव दिन काराकासको तेलको निर्यातलाई नियन्त्रण गर्न अमेरिकाले भेनेजुयलाको राज्यद्वारा सञ्चालित तेल कम्पनीमाथि प्रतिबन्धको घोषणा गर्‍यो जसको प्रभाब गत साता देखि नै अमेरिकी राष्ट्रहरूमा तेलको मूल्यमा वृद्धि भएको हो। 

    पछिल्लो परिवर्तनपछि तेलको कच्चा पदार्थ डब्लुटिआईमा १.३२ प्रतिव्यारेल अमेरिकी डलर वृद्धि भई ५३.३१ डलर कायम भएको छ भने ब्रेन्टमा १.३९ को वृद्धि भई ६१.३२ कायम हुन गयो। तर यो क्रम निरन्तर रहँदा डब्लुटिआइ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताइएको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]