अर्थ

तीन हजार बोतल मदिराको न्यूनतम मूल्य साढे ६१ लाख

फाइल फाेटाे (दरवारमार्गबाट लिएको)
माघ २१, २०७५

    काठमाडौं :  तीन हजार बोतल मदिरा (ह्वीस्कीसहित) को लिलाम प्रकिया त्रिभूवन विमान्स्थल भन्सार कार्यालयले अघि बढाएको छ।  चालु आर्थिक वर्षमा विभिन्न देशबाट आउने नेपाली तथा विदेशीले कानुनले दिएभन्दा बढी मदिरा ल्याउने क्रममा जफत गरिएको मदिरालाई लिलाम प्रकिया अघि बढाइएको हो।  

    सात लटमा गरी दुई हजार ९९४ बोत मदिराको लागि लिलाम प्रकियामा लगिएको छ। यसको न्यूनतम मूल्य ६१ लाख ६१ हजार तोकिए पनि बढाबढको आधारमा भन्सार कार्यालयले विक्री गर्ने जनाएको छ। भन्सार कार्यालयले सामानको विवरणमा विभिन्न ब्राण्डका ह्वीस्की समेतका मदिरा भनी खुलाएको छ।  

    मदिरा लिलामीमा भाग लिनको लागि आर्थिक वर्ष २०७४/०७५ को कर चुक्ता प्रमाण र प्यान नम्वर र अन्तशुल्कको इजाजत लिएको थोक बिक्रेता हुनु पर्ने छ। प्रकियामा भाग लिनेले न्युनत मूल्य वा मूल्यभन्दा माथि तोकेर त्यसको १० प्रतिशत रकम तत्काल धरौटी राख्नु पर्ने व्यवस्था गरिएको छ।  

    डाक स्वीकृति भएको १० प्रतिशत कटाएर रकम दिनु पर्ने छ भने स्वीकृति नभएमा भने रकम फिर्ता हुने कार्यालयले जनाएको छ।स्वीकृत भएको सात दिन भित्र सम्वन्धित कम्पनी वा व्यक्तिले सामान उठाउनुपर्ने व्यवस्था गरिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]