काठमाडौं : भक्तपुरको एक गाई फर्ममा आगलागी हुँदा १० वटा गाई मरेका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर १ दधिकोट तर्खालमा ईश्वर न्यौपा...
काठमाडौंः गैर आवासीय नेपाली संघ (एनआरएनए)ले सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने घोषणा गरेको छ।
सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको लक्ष्यलाई सघाउ पु¥याउने उद्देश्यका साथ एनआरएनएले सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने घोषणा गरेको हो। सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको लक्ष्यलाई पूरा गराउन सहयोग गर्न सन् २०१९ लाई नेपाल प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणा गरिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सो प्रवद्र्धन वर्षलाई सफल बनाउन आफ्नै अध्यक्षतामा २ सय १३ सदस्यीय मूल समारोह समिति समेत गठन गरिएको पनि बताए।
मूल समारोह समितिले ८० वटा भन्दाबढि देशमा रहेका नेटवर्कलाई प्रयोग गरी नेपाल भ्रमण वर्षमा २० लाख बढि विदेशी पर्यटक नेपाल भित्रयाउने योजनालाई सफल बनाउन आवश्यक प्रचार प्रसारको काम गर्नेछ।
अध्यक्ष भट्टले नेपाल भ्रमण वर्षलाई सफल बनाउन एनआरएनएले विश्वका विभिन्न देशमा नेपालबारे प्रचार प्रसार गर्ने योजनाका साथ नेपाल प्रवद्र्धन वर्ष मनाउने घोषणा गरिएको पनि स्पष्ट पारे। नेपाल सरकारले सन् २०२० मा २० लाख बढि विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष बनाउने तयारी गरिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।