खेलकुद

आइपिएल खेल्न सन्दीप भारततर्फ

चैत ६, २०७५

    काठमाडौं :  भारतमा हुने बाह्रौ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछाने बुधबार त्यसतर्फ प्रस्थान गरेका छन्।

    यही चैत ९ गतेदेखि भारतका विभिन्न ठाउँमा शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन सन्दिप जेट एअरवेजबाट दिल्ली प्रस्थान गरेका हुन्। सन्दिपको टिम दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल यही चैत १० गते मुम्बई इण्डियन्ससँग खेल्नेछ ।

    गत सिजनको आइपिएपलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दै सन्दिप आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका थिए। सन्दिपले गतवर्ष दिल्लीबाट अन्तिम तीन खेलमा पाँच विकेट लिँर्दै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। उक्त प्रतियोगितामा सन्दिपको पारिश्रमिक २० लाख भारतीय रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]