अर्थ

विद्युतीय कर प्रणालीबारे प्रयोगात्मक प्रशिक्षण

चैत १४, २०७५

    काठमाठौं : आन्तरिक राजश्व कार्यालय पुतलीसडकले करदातालाई विद्युतीय कर प्रणालीबारे प्रयोगात्मक प्रशिक्षण गरेको छ।

    बिहीबार आन्तरिक राजश्व कार्यालय पुतलीसडकस्थित आफ्नै कार्यालय परिसरमा करदातालाई प्रयोगात्मक प्रशिक्षण गरेको हो। विद्युतीय कर प्रणालीमा देखिन सक्ने प्राविधिक समस्या र अपनाउनुपर्ने सर्तकताका बारेमा प्रशिक्षण गरिएको हो। कार्यक्रममा करका सम्पूर्ण प्रक्रियालाई विद्युतीय प्रणालीमा लैजाने नेपाल सरकारको नीतिअनुसार विकसित र थपिदै गएका कर प्रणालीका विभिन्न पक्षका बारेमा जानकारी गराइएको थियो।

    कार्यक्रममा आन्तरिक राजश्व विभागका सूचना प्रविधि अधिकृत रमेश सुवेदीले विद्युतीय माध्यमद्वारा राजश्व भुक्तानीका लागि भौचर निर्माणदेखि बैकिङ प्रणालीबाट कर तिर्ने, ग्राहक तथा कर्मचारीको इटिडिएस तिर्ने, अरूले तिरेको इटिडिएस हेर्ने, व्यक्तिगत प्यान नम्बरका लागि अनलाइन आवेदन दिनेलगायत विषयमा प्रयोगात्मक अभ्यास गराएका थिए।

    आन्तरिक राजश्व कार्यालय पुतलीसडकका प्रमुख कर अधिकृत नरबहादुर थापाले सैद्धान्तिक प्रशिक्षणले मात्रै विद्युतीय कर प्रणालीका बारेमा करदाता स्पष्ट बन्न नसकेकाले प्राविधिक विषयमा प्रयोगात्मक अभ्यासको व्यवस्था मिलाइएको बताए।

    कार्यालयले कर दाता आफैँ संलग्न हुने प्रयोगात्मक अभ्यासलाई सिंहदरबार भित्रका सरकारी कार्यालय तथा आवश्यकताका आधारमा विभिन्न निकाय र क्षेत्रमा पनि संञ्चालन गर्ने तयारी गरेको छ।

    कार्यालयले बिहीबार संचारक्षेत्रका करदातालाई प्रयोगात्मक प्रशिक्षण दिएको हो। करदाताहरुले नेपालको कर प्रणालीमा रहेका जटिलताको अन्त्यका लागि नीतिगत सुधार गर्दै अध्याधुनिक करप्रणालीमा देखिएका जटिलताको सहज समाधानको व्यवस्था गर्न माग गरेका थिए। उनीहरूले अनलाइन इन्ट्री सच्याउने व्यवस्था सहज बनाउन पनि माग गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]