समाज

निर्माणाधीन भवनको ढलान भत्किँदा तीन मजदुरको मृत्यु

जेठ ३२, २०७६

    काठमाडौं : सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्किँदा दाङमा तीन मजदुरको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

    भारत झारखण्ड निवासी ४५ वर्षका मंगल कस्यव, २२ वर्षका दयाल हरेन र ४६ वर्षका साहेबको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए।

    लमही नगरपालिका ७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा छैटौँ तलाको 'सट्रिङ' भत्किएको हो। प्रहरीका अनुसार घटना राति २ बजे भएको हो।

    घटनामा घाइते भएका अजय हेरेन र नरेन साइवनलाई लमहिमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ। दिउँसो काम गर्दा गर्मी बढी हुने भएकाले उनीहरु रातको समयमा काम गरिरहेका थिए।

    घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]