अर्थ

उद्योग मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा जस्तै भयो: विनोद चौधरी

असार २, २०७६

    काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले उद्योग मन्त्रालय अर्थमन्त्रालयको एउटा शाखा जस्तो भएको आरोप लगाएका छन्। सोमबार बजेट छलफलमा भाग लिदै चौधरीले अर्थमन्त्रालयको महाशाखाभन्दा माथि उद्योग मन्त्रालय उठ्नु पर्ने धारणा राखेका हुन्। 

    उनले उद्योग मन्त्रालयले उद्योगमा समस्या आफैँ समाधान गर्ने हैसियत बनाउनु पर्ने बताए। विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्रमा उद्योगीहरू नभएको विषयमा कारण खोज्नको लागि सरकारसँग उनले आग्रह गरे। 

    देशको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा उत्पादनको अंश १० प्रतिशतबाट घटेर ५.५ प्रतिशतमा सिमित भएको अवस्था सरकारले उद्योगको विकासमा ध्यान दिनु पर्ने उनको धनाई थियो। '१० प्रतिशत जिडिपीमा योगदान पुर्‍याएको उद्योगको उत्पादन साढे पाँच प्रतिशतमा झर्दा पनि  आँखा नखोल्ने हो भने समृद्धिको सपनाले अर्थ राख्दैन' चौधरीले भने।

    भिडियो

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]