फिचर : फोटो फिचर

'हुटिट्याउँले आकाश थाम्दैन...' (फोटो फिचर)

असार ९, २०७६

    काठमाडौं : उखानै छ, हुटिट्याउँले आकाश थाम्दैन। आकाश थाम्‍ने विषयसँग जोडिएको हुटिट्याउँ जातको चरा नेपाललगायत एसियाभरी  पाइन्छ। नेपालीमा यो चरालाई  हुट्टिट्याउँ नामांकरण गरिनुको कारण सायद यसले निकाल्ने आवाजले गर्दा होला। यसले निकालेको आवाज हुट्टिट्याउँ भनेजस्तै लाग्दछ। लगभग कहिले चुप नलागेर यही कराइरहेको हुन्छ यो चरा।

    यही भनेर हल्ला गरिरहने सारस प्रजातिको जस्तै लामा खुट्टा हुने यो  चरालाई अंग्रेजीमा रेड विटल ल्यापविङ भनिन्छ भने यसको वैज्ञानिक नाम भेनेलस इन्डिकस हो। 
    पहेँलो खुट्टा सेतो पृष्टभूमिमा कालो छाती खैरो रंगको पखेटा र टडकारै देखिने रातो रंगको आँखा र चुच्चोले भरिएको बिभिन्न रङको मिश्रणमा देखिनाले यो चरा सुन्दा मात्रै हैन हेर्नको लागि पनि निकै रमाइलो हुन्छ। 
    छोटोछोटो दूरीमा मात्र उडान भर्ने यो चरा जमिनमा नै बस्‍न रुचाउँछ र जमिनमा भेटिने किरा फट्यांग्रा खाने गर्दछ। अंग्रेजी महिनाको  मार्चदेखि अगस्टसम्म यसले अण्डा पार्ने र कोरल्ने काम गर्दछ। 

     काठमाडौंको खोकनामा उड्दै गरेको केही हुटिट्याउँ चराका केही दृश्‍य झलक : 

     

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। .

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]