अर्थ

'मौद्रिक नीति अगाडि बैंक-बैंक बीचको लभ गर्ने समय'

असार ९, २०७६

    काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्‍जीवी नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले वाणिज्य बैंकलाई मर्जरको लागि दबाब दिने संकेत गरेका छन्। उनले सोमबार राजधानीमा गरिएको एक कार्यक्रममा बैंकहरू एक आपसमा मिल्नको लागि आग्रह गरेका हुन्। 

    'पुँजी वृद्धि गर्दा पनि पर्याप्त मात्रामा लभ गर्ने समय दिइएको थियो' गभर्नर नेपालले भने 'मौद्रिक नीति अगाडिको समय अर्को संस्थासँग लभ गर्ने समय हो।'

    आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहेका गभर्न नेपालले बजेटले नै मर्जरको लागि बाटो खुला गरिदिएको बताए। उनले आफू राष्ट्र बैंक आएसँगै चुक्ता पुँजी वृद्धि गर्ने निर्णय लिँदा सहयोग नुपाएको गुनासो समेत गरे।

    'राजनीतिक सहयोग र सरकारको सहयोग पनि नभए पनि मैले चुक्ता पुँजी पुर्‍याउने निर्णय लागू गरेरै छाडे' नेपालले भने। उनले २०७१ सालको मौद्रिक नीतिमार्फत न्यूनतम दुई अर्ब चुक्ता पुँजी वृद्धि गरेर न्यूनतम आठ अर्व पुर्‍याउने पर्ने निर्णय लिएका थिए।

    गभर्न नेपालले आफ्नो अन्तिम मौद्रिक नीतिको रुपमा आगामी आर्थिक वर्षको नीति पेश गर्दै छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]