समाज

नारायणीमा क्रुज सिपको सफल परीक्षण (भिडियोसहित)

पुस ७, २०७६

    चितवन : चितवनको भरतपुर महानगरपालिका १६ काभ्रेघाटमा बनिरहेको नेपालकै पहिलो क्रुज सिपको नारायणी नदीमा सफल परीक्षण गरिएको छ। आइतबार दिउँसो क्रुज सिपको नारायणी नदिमा सफल परीक्षण गरिएको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ। 

    प्रालिका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलले नेपालको इतिहासमा पहिलो पटक नदिमा क्रुजसिप सफल परीक्षण गरिएको बताए। उनका अनुसार काभ्रेघाट पोर्टबाट करिव १ किलोमिटर दूरीमा परीक्षण गरिएको थियो। पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको क्रुजसिप अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा ल्याउने तयारी रहेको छ।

    कँडेलका अनुसार क्रुज सिपको प्रधानमन्त्री केपी सर्मा ओली, नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र कांग्रेस सभापति सेरबहादुर देउवाबाट संयुक्त उद्घाटन गरिनेछ। भ्रमणवर्ष २०२० लक्षित गरी सञ्चालनमा ल्याइने क्रुजसिपले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। 

    नर्वेजियन प्रविधिको प्रयोग गरेर भारत केरलाका प्राविधिकले क्रुजसिप निर्माण गरिरहेका छन्। क्रुजसिपको निर्माण कार्य भने सम्पन्न भइसकेको छैन।

    प्रवन्ध निर्देशक कँडेलले भने, ‘निर्माण सम्पन्न गर्ने वित्तिकै सञ्चालन गरी हाल्ने भन्ने हुँदैन। निर्माणका काम पनि भइरहेको छ। निरन्तर परीक्षण पनि गरिरहनुपर्छ।फिनिसिङको काम सकिएपछि नियमित सञ्चालनमा ल्याउने छौँ।’

    यसअघि दशैंबाट नै सञ्चालनमा ल्याउने भनिए पनि विभिन्न प्राविधिक कारण समय र लागत बढेको कँडेलले बताए। १ सय फिट लम्बाइ र २५ फिट चौडाइको क्रुजसिपमा २ सय जनाले आरामदायी यात्रा गर्न पाउनेछन्। पहिलेको डिजाइन भन्दा केही युनिटहरू थप गरिएकाले लागत बढेर १५ करोड पुग्ने उनको भनाई छ। क्रुजसिपमा डवल इन्जिन रहने भएकाले सञ्चालनका क्रममा सम्स्या नआउने उनले बताए। 

    क्रुजसिप हाल निर्माण भइरहेको काभ्रेघाटबाट, देवघाट, गोलाघाटसम्म ३ सिप्टमा सञ्चालन हुने प्रालिले जनाएको छ। ज्ञानेश्वर सामुदायिक बनको डेढ विघा जग्गा २० वर्षका लागि भाडामा लिएर प्रालिले गत वर्षको चैत्रबाट निर्माण कार्य सुरु गरेको थियो। 

    भिडियो

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]