खेलकुद

म्यान्चेस्टर सिटीमा 'जेसस इफेक्ट' : गुमिसकेको दुई अंक यसरी फिर्ता भयो

Photo : goal.com
माघ २४, २०७३

    १९ वर्षीय ब्राजिलियन स्टार गाब्रिएल जेससको दुई गोलको मद्दतले स्वान्सी सिटीलाई २-१ ले हराउँदै म्यान्चेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। 
    इत्तेहाद स्टेडियममा गएराति भएको खेलमा सिटीलाई जिताउन दुवै गोल जेससले गरेका हुन्, त्यो पनि एउटा त इन्जुरी समयमा।

    ११औं मिनेटमा जेससको गोलबाट लिएको अंग्रता सिटीले ८१औं मिनेटमा गुमायो। ग्याल्फी सिगुडर्सनले गोल गर्दै स्वान्सीलाई बराबरीमा ल्याएका थिए। अन्तिम समयमा गोल खाएपछि हड्बडाएको सिटीको उद्धार अतिरिक्त समयमा जेससले गरे।

    डेभिड सिल्भाको सुन्दर क्रशमा जेससले गरेको हेडिङलाई स्वान्सीका गोल रक्षक फ्याबिनोस्कीले रोके। तर, उनले पूर्णरुपमा नियन्त्रणमा लिन नसकेको बललाई दोस्रो एटेम्प्टमा जेससले जाली चुमाए।

    जितसँगै ४९ अंक जोडेको सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। सिटीभन्दा अघि चेल्सी (५९) र टोटनहाम (५०) छन्। यो खेलमा पनि प्रशिक्षक पेप ग्वार्डिओलाले नियमित स्ट्राइकर सर्जियो एग्युरो र पहिलो रोजाइका गोल किपर क्लाउडियो ब्राभोलाई बेन्चमा राखेका थिए।

    हाइलाइट्स हेर्नुहोस्:

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]