स्थानीय निर्वाचन-२०७९

भारतबाट डडेल्धुरा आएका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

जेठ २४, २०७७

    डडेल्धुराः डडेल्धुराका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार धनगढी सेती प्रादेशिक अस्पालको प्रयोगशालामा गरिएका कोरोना परीक्षणमा यहाँका पाँच जनामा कोरोना पुष्टि भएको थियो। उनीहरू सबै एकै गाउँपालिकाका व्यक्ति हुन्।

    गन्यापधुरा गाउँपालिका १ का ३८ वर्षीय पुरुष र १७ वर्षीय युवक, सोही गाउँपालिका २ का १९ वर्षीय युवक २५ र ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनीहरू यहीँ जेठ ९ र १० गते भारतका विभिन्न शहरबाट आएको बुझिएको गाउँपालिकाका प्रवक्त इन्द्रबहादुर कार्कीले जानकारी दिए।

    उनका अनुसार संक्रमितहरुमध्ये २ जना मुम्बईबाट आएका हुन्। दिल्ली, पञ्जाब र गुजरात एक-एक जना आएको प्रवक्त कार्कीले बताए। उनीहरुको गणेश मावि वडालमा स्वाब संकलन गरिएको थियो। कोरोना देखिएकामध्ये चारजना गणेश मावि वडाल र १ जना समैजी प्रावि थलकोटमा रहेको क्वारेन्टाइनमा बसिरहेका थिए। 

    संक्रमितमध्ये दुई जनामा स्वास्थ्य समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बासुदेव नौन्यालले जानकारी दिए। उनका अनुसार ५७ वर्षीय पुरुषमा छाती दुख्ने स्वास्थ्य समस्या देखिएको छ। साथै उनमा रुघाखोकी पनि रहेको उनले बताए। 

    यस्तै, ३८ वर्षीय पुरुषमा ज्वारो र रुघाखोकी लाग्ने स्वास्थ्य समस्या रहेको उनको भनाइ छ। अन्य तीन जनामा पनि रुघाखोकी लाग्ने सामान्य रहेको संयोजक नौन्यालले बताए। 

    ‘उनीहरूलाई अहिले क्वारेन्टाइनमा अलग्गै राखिएको छ, उनीहरूलाई जिल्ला सदरमुकामको अस्पतालमा पठाउनेबारे पहल भइरहेको छ।’ उनले भने, ‘यहाँभन्दा जिल्ला सदरमुकामकै अस्पालतमा लैजाँदा राम्रो होला उनीहरूमा लक्षण पनि देखिएको छ।’

    शुक्रबार पाँच जना थपिएसँग जिल्लामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ। संक्रमितमध्ये एक जना निको भएर घर फर्किसकेका छन्। डडेल्धुराका पहिलो कोरोना संक्रमित युवक कोरोना जितेर १९ जेठमा घर फर्किएका थिए। 

    परशुराम नगरपालिका-१० का २८ वर्षीय उनी धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई पटक रिपोर्ट नेगेटिभ आएपछि १० दिनमा निको भएर घर फर्किएका थिए।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]