|

उषा रेग्‍मी

नुवाकोट : यहाँको सदरमुकाम विदुरमा पनि युवाहरुले प्रदर्शन गरेका छन्। कोरोना भाइरस  नियन्त्रण गर्ने सरकारको नीति प्रभावकारी नभएको भन्दै युवाहरुले सदरमुकाम विदुरस्थित लोकतान्त्रिक चौताराबाट विभिन्‍न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। 

कोरोना भाइरसको संक्रमण भएकाले प्रभावकारी उपचार नपाएको, मृत्युपछि मात्रै रिपोर्ट आउने गरी परीक्षणमा ढिलासुस्ती गरेको, आरडिटी परीक्षण गरेर क्‍वारेन्टिनमा बसेकालाई घर पठाउने गरेको र कोरोना भाइरस नियन्त्रयाका लागि भइरहेको खर्च पारदर्शी नबनाएको उनीहरुको आरोप छ।

कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै देशैभर प्रदर्शन भइरहेको छ। प्रदर्शनका क्रममा जिल्लाका शिक्षक, विद्यार्थी, व्यापारी लगायत पनि सहभागी थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.