|
प्रदर्शनकारीले राष्ट्रगान बजाएपछि प्रहरीको टोली

काठमाडौं : कोरोना नियन्त्रणमा चुकेको भन्दै सरकारविरुद्ध प्रदर्शन जारी छ। नेपालको नयाँ नक्सा पास हुने दिन शनिबार पनि माइतीघर मण्डलमा प्रदर्शनमा भएको छ। 

विवेकशील नेपालीका नेता उज्‍ज्‍वल थापासहितका युवाहरुको समूहले सामाजिक दुरी कायम गर्दै प्रदर्शन गरेका हुन्। 

माइतीघरमण्डलमा सरकारविरुद्धको प्रदर्शनका क्रममा पाँचजना विदेशी नागरिक पनि पक्राउ परेका छन्। प्लेकार्ड बोकेरै प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघरमण्डलबाट नियन्त्रणमा लिइएको थियो।

केही प्रदर्शनकारीले सुरक्षामा खटिएका प्रहरीलाई फूलका गुच्छा दिएका छन्। माइतीघर मण्डलमा करिब डेढ घण्टा मौन प्रदर्शनका क्रममा पनि फूल बोकिएको थियो। सामाजिक दूरीसहितको मौन प्रदर्शन सकिएपछि प्रदर्शनकारीले प्रहरीलाई फूल दिएका हुन्। 

केही प्रदर्शनकारीहरु बेसार दलेरै प्रदर्शनमा सहभागी भएका थिए। तर आज सहभागीहरुको शिष्ट प्रदर्शन र प्रहरी हस्तक्षेप विना शान्तिपूर्णरुपमा सकियो।

हेर्नुस् फोटोमा 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.