|

अर्घाखाँची :  दाङको तुलसीपुर कारागारमा एक जना कैदीबन्दीको मृत्यु भएको छ। कपिलवस्तुको मायादेवी गाउँपालिका-४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको सोमबार बिहान मृत्यु भएको तुलसीपुर कारागार प्रमुख असाई गोबिन्दा पन्थीले जानकारी दिइन्।

पन्थीका अनुसार ठगी मुद्दामा २०७५ साल असोज १५ गते कारागार चलान गरिएका मुसलमानलाई २०७६ साल पुसको ९ गते दाङको तुल्सीपुर कारागार ल्याइएको थियो। 

दीर्घरोगी मुलसमानलाई बिहान स्वास्थ्यमा एक्कासि गाह्रो भएपछि राप्ती प्रादेशिक अस्पताल लगिएकोमा बिहान करिब साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले  जानकारी दिए। अहिले शवलाई प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.