|
Photo : storypick.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि सञ्चार माध्यममाथि खनिएका छन्। फ्लोरिडामा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले सञ्चार माध्यमले सत्य कुरा बाहिर ल्याउन नचाहेको र उनीहरु आफ्नै एजेन्डामा काम गरिरहेको टिप्पणी गरे।

दुई दिनअघि पनि ट्रम्पले मिडियाको आलोचना गर्दै आफ्नो छवि बिगारेको आरोप लगाएका थिए। फ्लोरिडामा चुनावी र्‍यालीको शैलीमा आयोजित कार्यक्रममा उनले झुटो समाचार माध्यमबाट नभई आफूले अमेरिकी नागरिकसँग सिधा कुरा गर्न चाहेको बताए।

मिडियालाई बेइमानको संज्ञा दिँदै उनले केही सञ्चार माध्यमले सत्यताभन्दा निकै पर रहेर रिपोर्टिङ्ग गरिरहेको टिप्पणी गरे। आफ्ना बारेमा मिडियाले मनगढन्ते कुरा प्रकाशन/प्रसारण गरेको उनको आरोप छ। ट्रम्पले भने, 'हामी उनीहरुको पर्दाफास गर्नेछौँ र जितेरै छोड्नेछौँ।' 

आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकालाई सुरक्षित बनाउने र सीमालाई अझ बलियो बनाउने चुनावी प्रतिबद्धतासमेत दोहोर्‍याएको बीबीसीले जनाएको छ। साथै ट्रम्पले आफ्नो प्रशासन विवादास्पद भएको भन्ने आरोपको खण्डन गर्दै ह्वाइटहाउसले सहज र सुचरु ढंगले काम गरिरहेको दाबी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.