|

सल्यान : जिल्लाका १० स्थानीय तहको बेरुजु रकम २२ करोड रुपैयाँभन्दा बढी देखिएको छ। महालेखा परीक्षणको प्रतिवेदनले यो तथ्य सार्वजनिक गरेको हो। 

सबैभन्दा धेरै बनगाड कुपिण्डे नगरपालिका र सबैभन्दा कम बेरुजु  कपुरकोट गाउँपालिकाको देखिएको छ। बनगाड कुपिण्डेको कुल ८१ करोड ३० लाख ३० हजार रुपैयाँको लेखापरीक्षणमा ३ करोड ४९ लाख ४३ हजार बेरुजु देखिएको छ।

यस्तै छत्रेश्वरी गाउँपालिकाको ६६ करोड ५० लाख ७ हजारको लेखापरीक्षण गरिएको रकममा ३ करोड २१ लख ९९ हजार बेरुजु देखिएको छ।

कुन स्थानीय तहको बेरुजु कति ? 

वागचौर नगरपालिका 

९० करोड ५ लाख ३१ हजारमध्ये लेखापरीक्षणमध्ये ३ करोड ३३ लाख ४९ हजार रुपैयाँ बेरुजु 

शिद्धकुमाख गाउँपालिका 

४७ करोड ७३ लाख ८६ हजारको लेखापरीक्षणमा २ करोड २८ लाख ६० हजार रकम बेरुजु 

शारदा नगरपालिका

१ अर्ब १ करोड ६४ लाख ३१ हजारको लेखापरीक्षणमा २ करोड ५६ लाख २३ हजार बेरुजु 

त्रिवेणी गाउँपालिका 

५२ करोड ३२ लाख ४१ हजारको लेखापरीक्षणमा १ करोड ७९ लाख ५३ हजार बेरुजु

कुमाख गाउँपालिका 

लेखापरीक्षण गरिएको ६९ करोड ६० लाख ७१ हजारमध्ये २.५९ प्रतिशत अर्थात १ करोड ८० लाख ३८ हजार रकम बेरुजु 

दार्मा गाउँपालिका 

लेखापरीक्षण गरिएको रकम ५९ करोड १३ लाख ५३ हजार मध्ये २.६२ प्रतिशत अर्थात् १ करोड ५४ लाख ७५ हजार रकम बेरुजु

कालिमाटी गाउँपालिका

लेखापरीक्षण गरिएको रकम ६७ करोड २० लाख ६९ हजार मध्ये २.५६ प्रतिशत अर्थात् १ करोड ७१ लख ८२ हजार बेरुजु 

कपुरकोट गाउँपालिका 

लेखापरीक्षण गरिएको ५३ करोड ९८ लाख ६५ हजारमध्ये २.०५ प्रतिशत अर्थात् १ करोड १० लाख ४४ हजार रुपैयाँ बेरुजु 
    
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.