|

काठमाडौं : चौथो राष्ट्रिय लघुवित्त ‍सम्मेलन २०७३ आगामी चैत २ गतेदेखि ४ गतेसम्म काठमाडौंको होटल याक एण्ड यतिमा आयोजना हुने भएको छ।

'वित्तीय,सामाजिक र मानवीय मुल्यहरुबीच सन्तुलन' भन्ने नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको आयोजक क्रेडिट सेन्टर फर माइक्रो फाइनान्स (सीएमएफ) का प्रमुख कार्यकारी अधिकृत डा.हरिहर आचार्यले जानकारी दिए। उनले यसअघि सन् २००८, २०१० र २०१३ मा यो सम्मेलन आयोजना गरिएको बताए।

सम्मेलनमा झन्डै ८ सयजना सहभागि हुने जानकारी डा.आचार्यले दिए। ' नीति निर्माता, सेवाग्राही,राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोग निकाय,बैंक,लघुवित्त बैंक, वित्तीय संस्था, वित्तीय सहकारी संस्था, साना किसान,कृषि सहकारी, वित्तीय मध्यस्थता गर्ने गैरसरकारी संस्था तथा विशेषज्ञहरु सहित करिब ८०० को सहभागिता सम्मेलनमा हुनेछ,' उनले भने।

सम्मेलमा लघुवित्त क्षेत्रको भविष्यका विषयमा छलफल हुने उनले बताए। 'लघुवित्त क्षेत्रको विकासका लागि के गर्न सकिन्छ? यस क्षेत्रमा के परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रीत रहनेछ,' उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.