|

काठमाडौं : संविधान संशोधन विधेयकमा परिमार्जन गर्नुपर्ने विषयबारे एकमत बनाउन संघीय गठबन्धन छलफलमा जुट्दैछ। शुक्रबार बस्ने गठबन्धनको बैठकमा संशोधन विधेयकमा गर्ने परिमार्जनबारे छलफल हुने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए। 

बैठक बिहान ११ बजे संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा बस्दैछ। सरकारले तीन बुँदे सहमतिअनुसार नै संशोधन प्रस्ताव ल्याएको बताए पनि गठबन्धनले अपूरो रहेको भन्दै परिमार्जनसहित पारित हुनुपर्ने माग गर्दै आएको छ। एमालेसहितका विपक्षी दल मौन बसेपछि बिहीबारको संसद् बैठकमा संशोधन विधयेकमाथि सैद्धान्तिक छलफल सुरु भएको थियो।

संशोधनमाथि परिमार्जन हाल्न ७२ घण्टाको म्याद दिइएपछि गठबन्धनले छलफल सुरु गर्न लागेको हो। गठबन्धनआबद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा भने सरकारले चुनावको मिति घोषणा गरेपछि आन्दोलनमा छ । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.