|

गोरखा : भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक पुरुष पिसिआर रिपोर्ट नआउँदै फरार भएका छन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ४१ वर्षीय  पुरुष शनिबार राति  गाउँपालिकाको वडा नं ६ सूर्य ज्योति माध्यमिक विद्यालय ताकुकोटको क्वारेन्टाइनबाट भागेका हुन्।

भारतबाट असोज १ गते घर फर्किएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए। पिसिआर रिपोर्ट नआउँदै भागेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.