|

काठमाडौं  : इंग्लिस प्रिमियर लीग फूटबलमा साविक लिभरपुल र लेष्टर सिटीले लगातार दोस्रो जीत निकालेका छन्।

लिभरपुलले चेल्सीलाई २–० गोलले पराजित गरेको हो। घरेलु मैदानमा पहिलो हाफको इन्जुरी समयमा आन्द्रेयास क्रिष्टेन्सनले रातो कार्ड पाएर मैदान छोडेपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो।

दोस्रो हाफमा लिभरपुलले लगातार दुई गोल गर्न सफल भयो। उसका लागि साडिओ मानेले दुबै गोल गरे। मानेले ५० र ५४ औं मिनेट गरी दुई गोल गरे। जारी लीगमा लिभरपुलको यो लगातार दोस्रो जित हो भने चेल्सीले दुबै खेलमा हार व्यहोरेको छ।

लीग अन्तर्गत गएराति नै सम्पन्न अर्को खेलमा शीर्ष स्थानको लेष्टर सिटीले बर्नलीमाथि ४–२ गोलको जित निकालेको छ। लेस्टरको जीतमा हार्भी बार्नेस, जेम्स जस्टिन र एरिक प्राएटले एक–एक गोल गरे। एक गोल उसले आत्मघातीको रुपमा पाएको थियो। बर्नलीका लागि क्रिस वूड र डुनीले एक–एक गोल गरे।

यसअघि सम्पन्न खेलमा टोटेनह्यामले साउथह्याम्टनमाथि ५–२ तथा ब्राइटनले न्यूक्यासलमाथि ३–० को जीत निकालेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.