|

बुटवल : बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ।

कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल–३ का ७२ वर्षीय पुरुषको आज बिहान पौने दश बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे।

उपचारका लागि गत असोज २ गते अस्पताल आएका उनलाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो। सोही दिन पीसीआर जाँच गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो।

ती पुरुषमा ज्वरो, मधुमेह, मुटु रोग, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या रहेको डा. गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.