भिजिट भिसा र अन अराइभल भिसा पनि दिइने

|

काठमाडौं : कोरोना संकटपछि बन्द रहेको अन्तर्राष्ट्रिय उडान क्रमश: खुकुलो बनाउँदै जाने निर्णय सरकारले लिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई छिमेकी मुलुक भारत र बंगलादेशसँगको हवाई उडान खोल्ने निर्णय लिएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले थाहाखबरलाई बताए अनुसार यी दुई देशबीचको उडान खोल्ने मिति भने तय भइसकेको छैन। ती देशसँगको आवश्यक परामर्शपछि उडान सञ्चालन मिति तय गरिने भट्टराईले जानकारी दिए। 

त्यसैगरी सरकारले भिजिट भिसा र अन अराइभल भिसा पनि खोल्ने निर्णय लिएको छ। पर्यटन क्षेत्रलाई खुकुलो बनाउने निर्णय लिँदै सरकारले भिजिट भिसा र अनअराइभल पनि दिने निर्णय गरेको मन्त्री भट्टराईले जानकारी दिएका छन्। 

यी दुवै भिसा दिने प्रक्रिया नेपालमा २०७६ चैत ११ गते लकडाउन गरेसँगै बन्द भएका थिए। सरकारको यो निर्णयसँगै अब देशमा विदेशी पर्यटकको आगमन पनि सहज हुने भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.