|

काठमाडौं : जाजरकोटको भेरीमालिका ४ बोहरागाउँमा बिहीबार दिउँसो बस दुर्घटना भएको छ। जाजरकोट सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस भेरीमालिका ४ बोहरागाउँको तल्लोमोडबाट २ सय मिटर तल खसेको घटनास्थलमा रहेका थाहाखबर संवाददाता दीपेन्द्र शर्माले जानकारी दिए।

बस सदरमुकामबाट छुटेको करिब २० मिनेटपछि दुर्घटनामा परेको हो। बसमा करिब ५० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। भेरीगगा यातायात व्यवसायी समितिको बस बसपार्कबाट छुट्दा २३ जनाले मात्र टिकट लिएको भएपनि बीचबाट चढेका यात्रुहरु पनि रहेको प्रहरीले जानकारी दिएको छ।

अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानीय वासिन्दाले दुर्घटनामा परेकाहरुको उद्दार गरिरहेको छ। घाइते र मृतकको यकीन विवरण आइसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.