काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ।
अहिले प्रदेश १ का पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।
शनिबार दिउँसो काठमाडौं उपत्यकाको मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। आज उपत्यकाको न्यूनतम तापक्रम बिहान ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर १६ देखि १८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान छ।
यस्तै, राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।