|
फाइल फोटो

नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालमा दोस्रो सैन्य महाशक्ति राष्ट्र रसियासँग परम्परागत सम्बन्ध राख्ने संकेत दिएका छन्। 

बाइडेनले राष्ट्रपति पद सम्हालेपछि पहिलो फोन छिमेकी मुलुक क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोलाई गर्नेछन्। त्यसपछि मात्रै अन्य विदेशी नेताहरूसँग कुराकानी गर्ने अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। 

बाइडेनका प्रेस सचिव जेन साकीले भनेका छन्, बाइडेनले शुक्रबार क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोलाई पहिले फोन गर्नुहुनेछ, तर रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्ने कुनै योजना छैन।

निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति पुटिनबीच निकै न्यानो सम्बन्ध रहने गरेको थियो। ट्रम्पले राष्ट्रपति चुनाव जित्न समेत रसियाको सहयोग लिएको आरोप लाग्दै आएको छ।

बाइडेनले अहिले अमेरिकी नागरिकका लागि अतिरिक्त कोभिड–१९ राहत प्याकेज सम्झौताका लागि सिनेटसँग काम गर्न चाहेको पनि बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.