काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ। जोशीको शरीरको दायाँ भाग आधा चलेको उपचारमा संलग्न चिकित्सक डा.राजीव झा ले थाहाखबरलाई जानकारी दिए।
उनले भने,' हिजो बेलुका देखिको जोशीको शरीर चलायमान हुन थालेको छ। यसलाई क्रमिक रुपले सुधार भएको मान्न सकिन्छ।' जोशीलाई अहिले पनि कोमामा राखि उपचार भइरहेको छ। यसभन्दा अगाडि पनि उनी बेहोश थिए।
ब्रेन हेम्रेज भएको मानिसहरु अचेत अवस्थामा रहने उनले जानकारी दिए। अहिले शरीरको सम्पूर्ण सिस्टम चलायमान अवस्थामा छैन। यस्तो अवस्थाका बिरामी निको हुने अवस्था ३०-४० प्रतिशत रहेको उनको भनाई छ।
शरीरको बाँया भाग पुरै नचलेको चिकित्सक झाले बताए। जोशीलाई बिहीबार राति मस्तिष्कघात भएपछि वीर अस्पतालमा उपचार गर्न ल्याइएको थियो। त्यहाँ उपचार हुन नसकेपछि अहिले नर्भिक अस्पतालको आईसीयुमा भेन्टिलेटरमा उपचार भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।