|

धनुषा : मदिरा सेवन गरी नालामा डुबेर एकजनाको मृत्यु भएको छ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७, कुम्हरौडाका अन्दाजी ४० वर्षीय ललन महराको मृत्यु भएको हो।

जनकपुर-ढल्केबर सडकखण्ड अन्तर्गत कुम्हरौडा नजिक सडक छेउको नालामा आइतबार बिहान उनी मृत फेला परेका हुन्।

स्थानीयका अनुसार शनिबार साँझ अत्यधिक मदिरा सेवन गरेका थिए। बिहान उनको शव नालामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

मृतक रामको शव मुचुल्का गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने प्रहरीले तयारी गरेको छ।

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.