|

पाल्पा: अविरल वर्षाका कारण रामपुर गेझा मगरेमा घर भत्किँदा एक दम्पती पुरिएका छन्। 

रामपुर नगरपालिका–१४ मगरे बस्ने ४८ वर्षीयका अमबहादुर गाहा र उनका श्रीमती ५० वर्षीया सुमित्रा गाहा घर भत्किँदा पुरिएका हुन्। गएराति करिब २ बजेको समयमा खरले छाएको तीनतले घर एक्कासि भत्किएपछि पुरिएकी सुमित्राको अवस्था गम्भीर बनेको छ। उनलाई मिसन अस्पताल तानसेनमा उपचारका लागि लगिएको छ। 

श्रीमान् अमरबहादुरको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। स्थानीयवासी तोया सारुका अनुसार छोरा–बुहारी, ससुराली तथा माइत गएका बेला घरमा रहेका आमाबाबु घर भत्किएर पुरिएका हुन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय रामपुर र हुँगी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले आज बिहान उद्धार गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.