|

कालिकोट जिल्लामा पछिल्लो समय कोरोना भाइरस कोभिड ९१९० को संक्रमित बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले 'तपाईंको मास्क खोइ' अभियान चलाएको छ। 

जिल्लामा नागरिकले मास्क लगाउन छोडेपछि जिल्ला प्रहरी कार्यालय कालिकोटले 'सामाजिक दूरी कायम राखौं’ जस्ता नारासहित अभियान चलाएको हो। 

प्रहरीले आफूले मास्क लगाएर प्लेकार्ड बोक्दै चोक–चोकमा सचेतना जगाएका छन्। सोमबार बिहानको यो दृश्यले आम नागरिकलाई फेरि कोरोनाको संक्रमणप्रति अझै थप गम्भीर हुन सिकाएको अनुभूति मान्म बजारबासीले गरेका छन्।

पहिलेदेखि नै संचालन भएको यो कार्यक्रम पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गएकाले पुन संचालन गरेको प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए।

सामाजिक दूरी कायम गर्न पनि उनीहरुले सिकाउँदै आएका छन्। कोरोनाको सचेतनाबारे पनि सिकाएका थिए, अनि मानव स्वास्थ्यलाई हेलचक्रयाइँ नगर्नसमेत नागरिकलाई आग्रह गरेका थिए।

'यो एउटा सकारात्मक अभियान भएको बजारबासीले बताएका छन्। कोरोना संक्रमणको जोखिम अझै उच्च हुनसक्ने भएकाले यो अभियान सञ्चालन गरिएको हो जिल्ला प्रहरी कार्यालयले नागरिकसँगको सहकार्यमा यो अभियान चलाएको शाहको भनाइ छ।

बजार निस्कँदा अनिवार्य मास्क प्रयोग गर्ने वातावरण बनाउन पैदलयात्री, सवारीसाधनका यात्रुसँगै व्यवसायीलाई सचेत बनाउने उद्देश्यले प्रहरीले दैनिक रुपमा अभियान थालेको बताएको छ।

अहिले मान्म बजारमा भीडभाड बढेको छ, भीडभाड बढेपछि जोखिम हुने भएकाले अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गर्दै आइतबारदेखि प्रहरीले अभियान सुरु गरेको हो। 

अहिले जिल्लाको खाडाचक्र नगरपालिकामा मात्र १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.