|

उदयपुर : त्रियुगा नगरपालिका ४ बस्ने अन्दाजी वर्ष ३४ चन्द्रबहादुर परियार बुधबार पोखरीको छेउमा मृत अवस्थामा भेटिएका छन्। पोखरीको छेउमा डुबेको अवस्थामा परियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

मृत परियारको पोष्ट मार्टम रिपोर्ट अनुसार मृतकको फोक्सोमा पानी जमेको चिकित्सकले बताएको पारिवारिक स्रोतले जानकार दियो। परिवारका अनुसार क्षय रोगका दिर्घकालीन बिरामी परियार पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ भने थप अनुसन्धान समेत थालेको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.