|

सुर्खेत : जिल्ला वन कार्यालय सुर्खेतले अवैध रूपमा सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर ल्याउँदै गरेको काठसहित सोमबार चार जनालाई पक्राउ गरेको छ।

विशेष सुराकीको आधारमा हालको पञ्चपुरी नगरपालिकाबाट ना५ख ५५३७ नम्बरको मिनी ट्रकमा हालेर वीरेन्द्रनगर ल्याउँदै गरेको सालको ५२ दशमलब ७७ क्युफिट चिरान काठसहित जिल्ला वन कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ। पक्राउ गरिएको काठ दुई लाख रुपैयाँ मूल्य बराबरको रहेको जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ।

पक्राउ पर्नेहरूमा लेखगाउँ– ५ का गगन शाही, वीरेन्द्रनगर– १ का ओजेश शाही, कुनाथरी– १ का नेटक घर्ती र लेखगाउँ– २ का चित्रबहादुर लामिछाने रहेका छन्।

उनीहरूलाई वन ऐन, २०४९ अनुसार अदालतमा मुद्धा दायर गर्ने तयारी भइरहेको जिल्ला वन अधिकृत हेमराज विष्टले जानकारी दिए। वन ऐनअनुसार उनीहरूलाई एक वर्ष कैद र एक लाख २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने विष्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.