|

काठमाडौं : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच बिहीबार संसदमा पेश हुने सरकारविरुद्धको अविश्वासको प्रस्तावबारे छलफल भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार साँझ पाँच बजे  भएको डेढ घण्टा लामो छलफलमा सभामुख ओनसरी घर्ती मगरलाई कार्यसूचीमा अविश्वासको प्रस्ताव राख्न आग्रह गर्ने निर्णय भएको छ।

बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले अविश्वासको प्रस्तावलाई पारित गर्न सबै दललाई आग्रह गर्ने विषयमा छलफल गर्न बैठक भएको बताए। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता कृष्णबहादुर महरा सहभागी थिए भने कांग्रेसबाट सभापति देउवा, नेता रामचन्द्र पौडेल पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र  कृष्णप्रसाद सिटौला तथा नेता बिमलेन्द्र निधि सहभागी थिए।

सत्तारुढ नेकपा एमाले संसदीय दलको बैठकले भने बिहीबार सदनमा आर्थिक विधेयकलाई कार्यसूचीमा राख्न आग्रह गर्ने निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.