|

बुटवल : सांसद विमला वलीले आफूमाथि अपहरणको शैलीमा बुटवल ल्याएको भनेर झुटो बोलेकी नेकपा एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले दाबी गरेका छन्। ​

वलीले आफूलाई अपहरण शैलीमा मुख्यमन्त्री निवास राखिएको भनी आजै (बिहीबार) पत्रकार सम्मेलन गरेकी थिइन्।

एमाले संसदीय दलको कार्यलयमा बिहीबार नै पत्रकार सम्मेलन गरी ढकालले अहिलेको राजनीतिमा भएको घटनाक्रम वहाँकै सहमतिमा भएको बताए। विमला वलीले पत्रकार सम्मेलन गरी आफूलाई भूमिश्वर ढकाल र दाङका एमाले नेता मानबहादुर राउतले बुटवल नजाने भन्दाभन्दै जबरजस्ती अपहरणको शैलीमा मुख्यमन्त्री निवासमा पुर्‍याएको बताइकी थिइन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले वलीलाई कारबाही गर्न स्पष्टीकरण पत्र काटेपछि त्यही पत्र बुझाउन गएका बेला वलीलाई लिएर बुटवल आएको ढकालले बताए। 'पत्र हातमा परेपछि त्यसो हो भने म एकपटक मुख्यमन्त्रीलाई भेट्छु भन्नुभो, वहाँकै सहमतिमा बुटवल आयौं,' उनले भने, 'थपे हामीसँगै वहाँकी दिदी र भिनाजुको भाइ पनि हुनुहुन्थ्यो, कसरी अपहरण भयो?', ढकालले प्रश्न गरे।

पत्रकार सम्मेलनमा ढकालसँगै लुम्बिनी प्रदेशका स्वास्थमन्त्री भोजप्रसाद श्रेष्ठ, कानुनमन्त्री चेतनारायण आचार्यलगायत केही नेताको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.