|
बालमैत्री स्थानीय शासनको कार्यक्रम

दाङ : घोराहीस्थित बालविकास माध्यमिक विद्यालयले किशोरीहरुलाई विद्यालयमा नै सेनेटरी प्याडको व्यवस्था गरेपछि छात्राहरुले विद्यालय छाड्ने क्रम
रोकिएको छ। दाङ जिल्लाका जिल्ला शिक्षा अधिकारी रमेश मैनालीका अनुसार बाल विकास माविसँगै जिल्लाका धेरै सामुदायिक विद्यालयमा यो अभ्यास सुरुवात

गरिएको छ। 

‘सेनेटरी प्याड विद्यालयमा नै उपलव्ध हुन थाले पछि विद्यालयमा छात्राहरुको उपस्थिती राम्रो रहेको छ,' मैनालीले भने,'सेनटरी प्याड व्यवस्था भएका
विद्यालयमा अध्ययनरत छात्राहरु विद्यालयमा नै महिनावारी भएमा प्रशासनमा गएर प्याड माग्छन् र यसको प्रयोग गर्ने गर्दछन्।' यसअघि विद्यालयमा सेनेटरी प्याडको व्यवस्था नहुँदा हरेक महिना कम्तीमा ३ देखि ५ दिन छात्राहरु अनुपस्थित हुने गरेको उनले बताए।

बाल विकास माविका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठले महिनावारीका बेला छात्राहरु कक्षा कोठामा अनुपस्थित हुने गरेका कारण प्याडको व्यवस्था गरिएको बताए। । बाल विकास माध्यामिक विद्यालयको बाल क्लबकी अध्यक्ष पूर्णीमा पुनले विद्यालयमै प्याड उपलब्ध भएपछि छात्राहरुले सहज महसुस गर्न थालेको बताइन्।   ‘पहिलेको तुलनामा अहिले धेरै सहज भएको छ । पहिले विद्यालयमा सरसफाई सामाग्री,प्याड, तथा चेन्जीङ रुम  थिएन।'

यसबाट खास गरेर किशोरीहरुमा विद्यालय छोड्नु पर्ने वाध्यता थियो । अहिले त्यो समस्या टरेर गएको छ,' उनले भनिन्,' हाम्रो समस्यालाई विद्यालयका शिक्षक र शिक्षिका र अभिभावकहरुले बुझनु भएको छ।' सेनेटरी प्याड विद्यालयमा उपलव्ध भएपछि छात्राहरुको कक्षा निरन्तरता भएको जिल्ला शिक्षा कार्यालय दाङको ठम्याइ छ । जिल्लाका थुप्रै विद्यालयहरुमा अहिले छात्राहरुका लागि महिनावारीको समयमा प्याड उपलब्ध छ।

नगरपालिकामा बालमैत्री स्थानीय शासन अबलम्बन गरिएपछि विद्यालय तहमा यस प्रकारको सुधार भएको स्थानीय शासनका अभियानकर्ता सुशिल बस्नेत बताउँछन्।'कतिपय कुरा स्थानीय तहमा समाधान हुने कुरालाई पनि निकास नखोज्ने प्रबृत्ति छ। अब स्थानीय तहमा नै समाधान खोज्ने हाम्रो बानी बस्न सुरु
भएको छ,' उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.