|

डडेल्धुरा : डडेल्धुरामा ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको संख्या न्यून रहेको एक तथ्यांकले देखाएको छ। महिला तथा बालबालिका कार्यालय डडेल्धुराको तथ्यांकअनुसार जिल्लामा हालसम्म ६८ जनाले मात्रै ज्येष्ठ नागरिक परिचयपत्र बनाएका छन्।

वि.सं २०६८ को जनगणनाअनुसार डडेल्धुरामा ११ हजार २०६ जना ज्येष्ठ नागरिक रहेकोमा हालसम्म ३१ जना महिला र ३७ जना पुरुष गरी ६८ जनाले मात्रै परिचयपत्र बनाएको तथ्यांकले देखाएको हो।

राज्यले प्रदान गर्ने ज्येष्ठ नागरिकका विभिन्न सेवा तथा सुविधाको उपयोगका लागि हरेक ज्येष्ठ नागरिकले परिचयपत्र बनाउनुपर्ने भए पनि जिल्लामा भने परिचयपत्र बनाउनेको संख्या ज्यादै न्यून रहेको छ। ज्येष्ठ नागरिकका हक अधिकार र सेवा सुविधाका विषयमा जानकारी नहुनु र भौगौलिक विकटताका कारण परिचयपत्र बनाउने संख्या न्यून रहेको महिला विकाश अधिकृत शारदा भट्टराईले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.