|

मुगु : नेपालकै सबैभन्दा ठूलो ताल रारा क्षेत्र हिउँले ढाकिएको छ। रारामा क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको छ। चिसोमा प्रवाह नगरी पर्यटकहरु हिउँ खेल्न पुगेका छन्।

समुद्र सतहदेखि २ हजार ९९० मिटर उचाइमा रहेको रारा वरिपरिका रुख तथा विरुवा हिउँले सेताम्य भएका छन्। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालले रंग फेर्ने गर्दछ। कहिले खैरो, कहिले बैजनी त कहिले नीलो गरी दिनमै तीन पटकसम्म रंग बदल्ने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.