|

लहान : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपलिका– ३ मा स्कर्पियो जीपको ठक्करबाट गएराति एक युवकको मृत्यु भएको छ।

अर्का एक गम्भीर घाइते छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ७ च ९६४२ नम्बरको स्कर्पियो आइतबार बेलुका करिब ९ बजेतिर साइकल चढेर घर फर्किंदै गरेका दुई जनालाई ठक्कर दिएको हो। 

जीपको ठक्करले गम्भीर घाइते भएका सप्तरीको रुपनी गाउँपालिका १ का २४ वर्षीय सुवान मियाँको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीका प्रहरी नायव निरीक्षक रामएकवाल यादवले जानकारी दिए।

उनका अनुसार घाइते भएका साइकल चालक रुपनी– १ का २३ वर्षीय मुकेश कुमार यादवको चिन्ताजनक अवस्थामा विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

सप्तरीको कल्याणपुस्थित शिवशक्ति इँटा भट्टाको स्वामित्वमा रहेको स्कर्पियो जिप र चालक रामबहादुर कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव निरीक्षक यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.