|

सिन्धुली : सिन्धुलीमा आइतबार भएकव मोटरसाइकल दुर्घटनामा दुईजना घाइते भएका छन्। दुर्घटनामा सिकिस्त भएका एकजनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको मेडिसिटी अस्पताल पठाइएको छ। मदन भण्डारी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका-१४ चन्दनपुरमा प्रदेश २–०२–००२ प १०९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका वर्षिय विक्रम माझी सिकिस्त भएका थिए।

कमलामाई नगरपालिका-९ बथानचौरीका माझीलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको मेडिसिटी अस्पताल पठाइएको हो। सिकिस्त माझीलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि अल्टिच्युड एयरको ९ एन एएमएस हेलिकप्टरबाट काठमाडौंको मेडिसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलचालक सोही ठाउँका ३५ वर्षिय राम कान्छा भनिने रामकुमार माझी सामान्य घाइते भएका छन्। तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई सडकको बायाँतर्फको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक लामाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.